समाचार

चिनिया विदेशमन्त्री  वाङ यीले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौँ, भदौ २३  । चिनिया विदेशमनत्री  वाङ यीले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दैछन् । आइतबार अपराहन्न नेपाल आइपुगेका  चिनिया विदेशमन्त्री  वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनी चार वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने  कार्यक्रम छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको स्रोचतको भनाई छ । त्यस्तै आज नै  चिनिया विदेशमनत्री  वाङ यीको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम राखिएको छ ।

Facebook Comments
Tags

Related Articles