ब्रेकिंग न्युज

बस पार्कमा सुरक्षीत यात्रा अभियान : अब हरेक गाडीमा प्राविधिक चेकजाँच अनिवार्य

पुकार तिमलसिना

काठमाडौ । नजिकदै गरेको दशै तिहार लगायतका चाडपर्वहरुमा सवारी चाप एवं सडक दुर्घटनालाई न्यूनिकरण गर्ने लक्ष्य सहित नयाँ बस पार्कमा सुरक्षीत यात्रा अभियान  सम्पन्न भएको छ ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको आयोजना एवं लोत्से बहुउदेश्य प्रा.लि र सिप्रदी टे«डीङ्ग प्रालि को सह आयोजनामा सो कार्यक्रम शनिबार नयाँ बसपार्कमा सम्पन्न भएको हो ।

अव देखी हरेक सवारीसाधन बसपार्क बाट छुट्नु अघि सम्पूर्ण पाटपुर्जा जस्तै ब्रेक , गेयर बक्स ,चक्का , इन्जिन लगायतका पाटपुजाहरु चेक जाच गरि प्राबिधिक परिक्षण सम्पन्न भएपछि मात्र यात्रु बोक्न योग्य हुने लोत्से बहुउदेश्य प्रा.लिका महाप्रवन्धक सुनिल कुँवरले बताए ।

बिगतका दिनहरुमा बिनापरिक्षण सवारी चलाउदा सवारी दुर्घटना भई ठुलो जन धनको ठुलो क्षती हुने गरेको तर आ संस्थागत रुपमै यो अभियान मार्फत सवारी दुर्घटना अत्यन्तै कम हुने लोत्से बहुउदेश्य प्रा.लिका अध्यक्ष दिपक कुवँरको भनाई छ ।

कार्यक्रममा काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल , नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरु , ट्राफीक प्रहरी कार्यालयका प्रतिनिधिहरु , यातायात ब्यवसायी , चालक , सह चालक लगायतका उपस्थीती रहेको थियो ।

सोही अवसरमा यान्त्रिक परिक्षणको शुभारम्भ संगै सार्वजनिक यातायातमा जनचेतना मुलक अडियो बिमोचन समेत गरिएको थियो ।

 

 

Facebook Comments
Tags

Related Articles